राजनीति

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको नर्भिक अस्पताल पुगेका छन् । अध्यक्ष दाहालले सोमबार बिहान नर्भिक अस्पताल पुगेर वैद्ययको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको निजी सचिवालयले जनाएको छ।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् । उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको छ। अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। एक्सरे रिपोर्टमा सामान्य दागसमेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन्।