राजनीति

राष्ट्रिय सम्मेलनको तयारीमा होमियो सत्तारुढ माओवादी केन्द्र


काठमाडौँ – माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सांगठनिक विषयमा छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा आगामी पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेर छलफल भएको माओवादी केन्द्रले जनाएको छ ।
राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर माओवादी केन्द्रले कात्तिक १३ गते वडा सम्मेलन गर्ने जनाएको छ । मंसिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । बैठकमा देशको वर्तमान राजनीतिक अवस्थाबारे समेत छलफल भएको छ ।