राजनीति

खुल्यो सरकारी कार्यालय: सेवाग्राहीको चाप भने न्यून


काठमाडौँ – दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशै विदा सकिएपछिको पहिलो दिन कार्यलयहरु भने सुनसान देखिए । सरकारी कार्यालय तथा बैकहरुमा सेवाग्राहीको संख्या न्यून छ ।

दशै टिकाको चौथौं दिन पनि आफन्त र मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ । पश्चिमका केही जिल्लामा दशमीको दिन मात्र टीका थाप्ने प्रचलन रहेपनि अन्य जिल्लामा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने चलन छ । आफन्त तथा मान्यजनसँग आर्शिवाद थाप्ने क्रम जारी रहे पनि सरकारी कार्यालयसँगै वैक तथा वित्तिय संस्थाहरुले भने सेवा प्रवाह सुरु गरेको छ । फुलपातीदेखि ५ दिन बन्द भएको सरकारी कार्यलयहरु आइतबारबाट खुलेको हो । विदा सकिएसँगै दशैभरका सरकारी कार्यलहरु खुलेका छन । तर दशै सकिएपछि पहिलो दिन खुलेको कार्यलयहरुमा सेवाग्राहीहरुको चाप भने एकदम न्यून छ । सर्वसाधरणका लागि प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यलय,यातायात कार्यलय,राहदानी विभाग लगायतका कार्यलयमा सेवाग्राहीहरु तुलनात्मक रुपमा एकदम कम देखिए ।

सेवाग्राही कम भएपनि सेवा प्रवाहमा हेलचेक्राई नगरिएको सरकारी कार्यलयहरुको दावी छ । केहि कर्मचारीलाई विदा सकिएर फर्किन समय लागे पनि सेवा प्रवाहका लागि कार्यलयमा यथेष्ट कर्मचारीहरु भएको काठमाडौ जिल्ला प्रशासन कार्यलयको दावी छ । कर्मचारी नभएकै कारण सेवा लिन समस्या भएमा सेवाग्राहीले तुरुन्त कार्यालय प्रमूखलाई खबर गर्न सक्ने व्यवस्था गरिएको बताइन्छ । टिका नसकिएसम्म सरकारी कार्यलय खुले पनि सेवाग्राहीको चाप न्यून नै हुने कर्मचारिहरु बताउँछन् ।

दशैपछि कार्यालय खुलेको पहिलो दिन भएकाले छिटो र सहज रुपमा आफ्नो काम फत्ते गर्न पाएकोमा सेवा लिन पुगेका सर्वसाधरणले सन्तुष्ट व्यतm गरे ।कार्यलयहरुमा भीडभाड कम हुँदा अरु बेला भन्दा सहजै र छिटो काम भएको सर्वसाधरणको भनाई छ ।

सरकारी कार्यालय र वित्तिय संस्थाहरु खेलेपछि केहिदिनयता सुनसान रहेको काठमाडौमा पुन चहलपहल बढ्न थालेको छ । सर्वसाधरण दशै विदालाई विट मार्दै आफ्नो नियमित दैनिकीमा फर्किन थालेका छन् । दशैमा घर गएका सर्वसाधरण समेत राजधानी फर्किन थालेका छन् । कलंकी, कोटेश्वरलगायतका नाकाहरुमा दशै मनाएर काठमाडौ फर्कनेको भिड बढेको छ ।