काठमाडौँ – भारतको दक्षिणी केरला राज्यमा अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ । बाढीमा परि दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् ।
बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौँ व्यक्ति बेपत्ता भएका छन् । केरलाको इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बाढीले बढी क्षति पुर्याएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश यहीँका स्थानीय रहेको बताइएको छ । सो क्षेत्रमा आइतबार दिनभर वर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरू अवरुद्ध भएका छन् ।
प्रतिक्रिया