देश

दशैंको चौथो दिन पनि ठूलाबडाबाट टीका र जमरा ग्रहण गरिँदै, सरकारी कार्यालय र बैंकहरु सञ्चालनमा


काठमाडौँ – विजयादशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै छ । विभिन्न कारण घरबाट टाढा रही टीका लगाउन छुटेकाले पुर्णिमासम्म नै आफन्त र मान्यजनको हातबाट टीका लगाउने चलन छ ।
पश्चिमका केही जिल्लामा दशमीको दिन मात्र टीका थाप्ने प्रचलन रहेपनि अन्य जिल्लामा भने कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएका पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी शीरमा लगाउने गरिन्छ ।

यसबैबीच, दशैंको अवसरमा बन्द रहेका सरकारी कार्यालय र बैंकहरु भने नियमित सञ्चानमा आएका छन् । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु खुलेका छन् । दशै विदा सकिएपछिको पहिलो दिन कार्यलयहरु भने सुनसान देखिए । सरकारी कार्यालय तथा बैकहरुमा सेवाग्राहीको संख्या न्यून देखियो ।