समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते


काठमााडौँ – काठमाडौँ जाँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ । दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन् ।

रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौँ गइरहेको बेला सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले बताए ।

डिएसपी बस्नेतका अनुसार घाइतेमध्ये चालक र सहचालकसहित ४ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र बाँकीको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

उनले यात्रुहरू बसबाट बाहिर नउछिट्टिएको र बसभित्रै सिट र झ्याललगायतमा ठोक्किएर सामान्य घाइते भएको जानकारी दिए । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।