कोरोना विशेष

२४ घण्टामा ३९१ मा कोरोना पुष्टि, ६ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर विधिबाट र १ हजार १ सय ११ जनाको एन्टीजेन विधिबाट गरी कुल ८ हजार ७७ जनाको नमुना परीक्षणमा आइतबार थप ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

यही अवधिमा थप ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २ सय ९९ र भेन्टीलेटरमा ९८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।