समाचार

स्वास्थ्यमा समस्या भएपछि मोहन वैद्य अस्पताल भर्ना


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

दम बढेपछि उनलाई अस्पताल लगिएको हो । अस्पताल लगेपछि उनको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ ।

वैद्य लामो समयदेखि दमबाट पीडित छन् । उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।