काठमाडौँ – भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार माल्दिभ्समा राति भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए । यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ । तर, नेपाल पहिलो पटक साफमा उपविजेता बनेको छ ।
नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो ।
प्रतिक्रिया