राजनीति

एनआरएन वर्तमान कार्यसमिमितको कार्यकाल ६ महिना थपियो


काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थपिएको छ । संघको बैठकले विधानको धारा १३ को उपधारा २ अनुसार वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्रकै कारण १०औं महाधिवेशन समयमै गर्न नसकिएको बताउनुभएको थियो । उहाँले मन्त्रालयकै कारण वर्तमान कार्यसमितिले आफ्नो म्याद थप्न बाध्य भएको भन्दै आगामी नोभेम्बर ३० भित्र संघको निर्वाचन गर्ने बताउनुभयो । बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षसँगको परामर्शमा स्वतन्त्र समिति गठन गर्ने निर्णय पनि गरेको छ ।