विदेश

आसियान शिखर सम्मेलनमा म्यानमारका सेना प्रमुखलाई सहभागी नगराइने


काठमाडौँ – दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)ले म्यानमारका सेना प्रमुखलाई शिखर बैठकमा सहभागी नगराउने भएको छ । गत फब्रुअरीमा म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको हो ।
मिनको सट्टामा अन्य गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियानले सहमति गरेको छ । आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ । १० सदस्यीय राष्ट्र रहेको आसियानमा सदस्य राष्ट्रको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरे पनि यो निर्णयलाई अभूतपूर्व किसिमको बताइएको छ । आसियानले गत अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो । द्वन्द्व अन्त्य गर्न सेनाले काम नगरेको आसियानले बताएको छ ।