खेलकुद

पहिलो हाफ गोलरहित बराबरीमा


काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३ औं संस्करणअन्तर्गतको फाइनलमा नेपाल र भारतबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा दुवै तर्फबाट राम्रो अवसरहरु सिर्जना भएको छ ।
नेपालको तर्फबाट केही सुन्दर अवसर प्राप्त भए पनि त्यो गोलमा परिणत हुन सकेन । खेलको सुरुवातमा नै नवयुग श्रेष्ठले गोल गर्ने अवसर पाएको थियो । तर उनको प्रहार निकै माथिबाट बाहिरियो । नवयुगले अनियन्त्रित भई हानेको प्रहार पोष्टमा लागेर बाहिरियो । भारतको तर्फबाट पनि गोलको राम्रो अवसरहरु भएको थियो । तर, कुनै पनि टिमले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको हो । बलको पोजिसन र सटमा भारतले पकड जमाएको छ । माल्दिभ्समा अहिले ठूलो वर्षा भइरहेको छ ।