काठमाडाैँ – सहरी क्षेत्रका घर गृहिणीहरुको दिनचर्या बदलिँदो छ । गफ गर्ने, धाराबाहिक सिरियल हेर्ने, सामान्य काममा पूरै दिन खर्च गर्नेहरु पनि हिजोआज केही उत्पादनशील काममा ध्यान दिन थालेका छन् । कतिपयले त सामाजिक सञ्जाल र युट्युबहरुमा अपलोड भएका भिडियो हेरेरै पनि नयाँ व्यवसाय वा उद्यम सुरु गरेका छन् ।
काठमाडौं उपत्यका कृषि योग्य जमिन शहरीकरण भएपछि कौसी खेतीतर्फ उपत्यकाबासीको आर्कषण बढ्न थालेको छ । बाहिरबाट आएको विषादीयुक्त र सडेगलेका बासी तरकारी खान बाध्य सहरवासीको अहिले कौसी खेतीमा आर्कषण बढ्न थालेको हो । कौसी खेतीबाट उपभोग मात्रै होइन, आयआर्जन पनि गर्न सकिने देखिएको छ । त्यसोत बढ्दो शहरीकरणका कारण काठमाडौं उपत्यकामा तरकारी लगाउन खाली जमिन पाउन मुस्किल हुन्छ । गाउँ घरमा जस्तो शहरमा पर्याप्त मात्रमा जग्गा हुदैन । भएका जग्गा जमिन पनि घर बनाइएको छ । गाउँघर प्राय मानिसहरु शहरमा नै बस्ने गर्छन ।
त्यसकारण गर्दा पनि शहरमा तरकारी उत्पादन गर्न जमिन पाइदैन । पछिल्लो १० वर्षमा थपिएका घरहरुको छत झण्डै १० लाख हाराहारी हुन सक्ने अनुमान गरिन्छ । तर, पनि पछिल्लो समय काठमाडौं शहरमा कौसीमा नै तरकारीहरु हरियाली देखिन थालेको छ । कौसीमा रहेको सानो स्थानमा मानिसहरुले विभिन्न विधि प्रयोग गरेर तरकारीदेखि फलफूल समेत लगाउन थालेका छन् । कौसीको सानो क्षेत्रमै गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर उत्पादन गरिएको छ । यसमा गोलभेँडा, सिमी, बोडी, करेला काँक्रो, फर्सी, धनियाँ, लसुन, प्याज, काउली, बन्दालगायत थुप्रै तरकारी लगाएको देन्खिन्छ । घरको तल रहेको जमिन, छत र कौसीमा फलेको तरकारीमा विषादी पनि नहुने र बजारको महँगीबाट पनि जोगिने कृर्षकहरु बताउछन् । कौसी खेतीबाट महिनामा लाखौँ आम्दानी गर्न सक्ने कृषकहरु बताउछन् ।
त्यसोत दिनभर घरमा बेकामे भएर बस्नेहरुले कौशीमा प्लाष्टिकका थैलामा काउली, बोडी, भान्टा, सीमी, भिन्डी, टमाटर, करेला, धनियाँ, खुर्सानी, रायो, मुला जस्ता तरकारी प्रशस्तै फलाएर आफ्नो परिवारको आवश्यकता पूरा गर्नेहरु धेरै छन् । कौशीमा तरकारी उत्पादन गर्नेहरुको प्रेरक कथाहरु समाचार बनेर धेरै तिर छापिएका पनि छन् । भान्साबाट निस्किने फोहोरलाई कम्पोष्ट मल बनाउने, अनि खाली रहेको छत र बरन्डामा खेती गर्नेहरुले धेरैलाई यस्तै कार्यहरु गर्न प्रेरित गरिरहेका छन् । कृषिसम्बन्धी तालिम लिएकाहरुले कौशी खेतीको ज्ञान मानिसहरुमा बाँडिरहेका छन् । कौशीमा लटरम्म फलेका भान्टा, फर्सी, करेला आदि देखेर धेरै मानिसहरु आकर्षित पनि हुने गरेका छन् । कम्तिमा एक परिवारको तरकारी सम्बन्धी आवश्यकता कौशी खेतीले पूरा गरिदिने हो भने केही भए पनि परिवारको खर्च कम गर्न मद्दत गर्ने विज्ञहरु बताउँछन् ।
कृषि प्रधान देशमा कृषि उपजप्रति परनिर्भरता बढेको बखतमा परनिर्भरतालाई रोक्न व्यवसायिक कृषि खेती गर्नु उत्तम हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ । शहरमै जन्मे–हुर्केका धेरै मानिसलाई खेतीको विषयमा थाहा हुदैन र माटोसँग पनि खेलेका हुँदैनन् । तर, इच्छा भए तरकारी फलाउन बारीमा पुग्नै पर्दैन भन्ने सन्देश कौसीखेती गर्नेहरूले दिएका छन् ।
प्रतिक्रिया