देश

सार्वजनिक सवारीसाधन न्यून सञ्चालन : घण्टौ कुर्दा पनि गाडी पाउनै मुस्किल


काठमाडौँ – बडादशैको दोस्रो दिन मान्यजनका हातबाट टीका र जमरा सहित आर्शिवाद लिने क्रम जारी छ । टिका ग्रहण गर्न एक ठाउँबाट अर्को ठाउँ जाने क्रम बढेसँगै महाष्टमीदेखि सुनसानउपत्यकाका सडक अस्तव्यस्त छ । उपत्यकामा यथेष्ठ सवारीसाधनको अभावमा सर्वसाधरण मारमा परेका छन । चाडवाडका नाममा हरेक क्षेत्रमा सर्वसाधरण महंगो मुल्य तिर्न बाध्य छन । एक रिपोर्ट

आफ्ना इष्टमित्र आफन्तजन कहाँ गई मान्यजनहरुबाट टिका ग्रहण गर्ने क्रम टिकाको दोस्रो दिन पनि जारी छ । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै काठमाडौंका सडकमा चहलपहल समेत बढेको छ । निजी सवारी साधन प्रयोग गर्नेहरुका लागि खुला सडकका कारण सहज बनेको उपत्यका न्यून मात्रमा सार्वजनिक सवारी साधन सञ्चालन हुँदा आम सर्वसाधरण मारमा परेका छन । घण्टौ कुरेर कोचा कोच गरेरै भए पनि यात्रा गर्न बाध्य भएका छन ।

सार्वजनिक सवारी साधन कम सञ्चालन हुँदा यात्रुहरु समस्यामा परेका हुन् ।

सडकमा कम सवारी साधन चल्दा गन्तव्यमा पुग्न ट्याक्सी लगायतका सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता छ । यात्रुहरुको यहि बाध्यताको फाइदा ट्याक्सी चालकहरुले उठाईरहेका छन । यात्रुहरु नियमित भन्दा दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन ।

सरकारले विभिन्न स्थानमा यात्रु सहायता कक्षा सञ्चालन गरे पनि यात्रुहरु ठगिनबाट रोकिएको छैन । ट्याक्सी चालकहरुले खुले आम बढी भाडा अशुली रहेका छन । चाडपर्व कमाउने मात्र नभई सेवा पनि भएकाले स्वत केहि रकम बढी लिने गरेको चालकहरु आफै स्वीकार्छन ।

सवारी साधनमा मात्र होइन दशैका बेला टिका ग्रहण गर्न जाँदा कोशेलीको रुपमा प्रयोग गरिने फलफुल लगायतका बस्तुको पनि भाउ उच्च छ । दशै अगाडि भन्दा दशैका बेला फलफुलको मूल्य बृद्धि भएको छ ।

सरकारले दशै तिहार लगायतका चाडवाडमा उपभोतmा नठगिउन् भन्दै यात्रुहरुको सहज यात्राका लागि यात्रु सहायता कक्षादेखि चाडपर्व लक्षित बजार अनुगमनमा समेत सक्रियता बढाएको दावी गरे पनि बजारको स्थिति भिन्न छ । बजारका कारण हरेक वर्ष नागरिकको चाडपर्व थप महंगो बन्दै गएको छ । बजारको यो अवस्थाबारेसरोकारवाला वेखबर छन । त्यसैले आगामी दिनमा उपभोतmमैत्री बजार व्यवस्थापन गर्न सबैको ध्यानकर्षण हुन जरुरी छ ।