काठमाडौँ – उपाधि रक्षाका लागि नेपाल र भारतबीचको खेल सुरु भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधिको लागि यी दुईबीच भिडन्त हुन लागेको हो ।
भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ भने नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । दुबै टिम आज उपाधि जित्ने दाउमा छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका खेलमा दुईवटा पहेँलो कार्ड पाएकाले अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । भारतीय प्रशिक्षकले पनि रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएका छन् ।दुवै टोलीलाई प्रशिक्षकको अभाव भने खड्कने छ ।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतिक्रिया