राजनीति

के दशैं भड्किलो र देखासिकी संस्कृतिमा परिणत भएकै हो ?


काठमाडौँ – नेपालीका लागि दशै पारिवारिक जमघट र सद्भाव साटासाट गर्ने महत्वपूर्ण पर्व हो । यसले हाम्रो पारिवारिक तथा सामाजिक सद्भाव मजवुद बनाउन ठुलो सहयोग गरेको छ । तर बदलिँदो जीवनशैली र भड्किलो रवाफका कारण दशैको मौलिकतामा ह्रास ल्याएकोप्रति धेरैको चिन्ता छ ।

पर्व जुनसुकै होस् मनाउने तरिका फरक हुन सक्छ नेपालको सन्दर्भमा समुदाय अनुसार पर्वहरु मनाउने तरिका फरक हुन सक्छ तर हरेक चाडपर्वले आम मानिसमा हर्ष, उल्लास सहित बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । नेपाली समाजमा दशै यस्तै एउटा विशेष पर्व हो । दशै नेपालीका लागि वर्षौदेखि टाढिएका आफन्त परिवारजनबीच सम्बन्धहरुको नविकरण गर्ने अवसर भएको संस्कृतविद्हरु बताउँछन ।

सम्बन्ध नविकरण र सामाजिक सद्भाव कायम गर्ने पर्व दशै बदलिँदो जीवनशैलीसँगै भड्किलो हुनजाँदा कतिपयका लागि दशा समेत बन्ने गरेको छ । घाँटी हेरी हाड निल्नू अर्थात् आफ्नो गच्छेअनुसार मात्रै दशैँ तिहार लगायतका पर्व मान्नु भन्ने चलन पुरानो हो । तथापी समाजले यसको मनन गर्न सकिरहेको छैन । पछिल्लो समय दशै परिवार वा सामाजिक सद्भाव साटासाट भन्दा पनि देखासिकी गर्ने महोलमा परिणत भएकोप्रति धेरले चिन्ता व्यक्त गरेका छन् ।

अर्कोतर्फ दशैकौ मौलिकता समेत विलिन हुने अवस्थामा पुगेको कतिपयको विश्लेषण छ ।

दशैले नेपालीहरुलाई मात्र होइन नेपालसँग जोडिएका अन्य व्यतिmलाई पनि जोड्ने गर्दछ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी वेरी र चिनिया होउ यान्छीको दशै यसको उदाहरण मान्न सकिन्छ । उनीहरुले दशैप्रति देखाएको सादुभाव अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यसले दशैको महत्व अझ अन्तराष्ट्रियकरण समेत गर्न पक्कै मद्धत गरेको छ । त्यसैले नेपालीहरुले मात्र मनाउने दशैको विविधता र मौलिकतालाई अझ वृहत्तर बनाउनु भन्दा पनि मौलिकता मास्ने हाम्रा तौरतरिकामा सबैले ध्यान दिने हो की ।