नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रतिबन्ध लगाइएको छ । अल्मुताइरीले साफले नियम विपरीत नेपाली फुटबलमाथि नै अन्याय गरेको बताएका छन् ।
खेलाडी होस् चाहे त्यो प्रशिक्षक नै दुवैको एउटै र उस्तै सपना हुन्छ । पहिलो कदमबाट सुरु गरेको यात्रा अन्तिमसम्म संंगै हिड्ने । संगै सुरु गरेको अध्याय मिलेर नै समाप्त पार्ने । तर, सधैं आफूले देखेको सपना साकार हुँदैन । कति आफ्नै कारणले त कति नियोजित ढंगले नै सपनालाई टुटाउन खोज्छन् । संगै हिडेको यात्रामा कहिले काडा पनि आउन सक्छ र कहिले कसैले सिसा राखिदिन पनि सक्छ । कहिले अध्यायको पाना झुक्किएर पल्टिन सक्छ भने कहिले अध्याय नै गायब गरिदिन सक्छ । त्यस्तै भएको नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताईर र मुख्य खेलाडी अञ्जन विष्टलाई अहिले । दुवैको सपना अधुरै भएको छ । आफ्नै उपस्थितिमा र नेतृत्वमा टिमको फाइनलदुवैको आफुले प्रशिक्षण दिएको र नेतृत्व गरेको टिम साफको फाइनलमा खेलिरहदा उनीहरु भने टोली बाहिर नै हुने छन् ।
साफले प्रशिक्षक अल्मुताईरी र विष्टलाई फाइनल खेलमा प्रतिबन्धमा पारेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले विष्टलाई नियमसंगत नै प्रतिबन्धमा पारेको हो भने अब्दुल्लाहालाई भने आफ्नै नियम मिचेर प्रतिबन्धनमा पारेको हो । उनलाई आज हुने फाइनल खेल अघि मात्रै साफले प्रतिबन्ध लागाएको हो । अञ्जनले तेस्रो खेल भारत र अन्तिम खेल बंगलादेशविरुद्ध पहेंलो कार्ड खाएपछि स्वत प्रतिबन्धनमा परेको थियो भने अल्मुताईरीले भने दोस्रो खेल श्रीलंका र अन्तिम खेलमा पहेंलो कार्ड पाएका थिए । साफले यसैको कारण देखाउँदै उनलाई प्रतिबन्ध लगाएको बताएको छ । तर, साफको आफ्नो नियमावालीमा प्रशिक्षकको हकमा रातो कार्ड खाएमात्र प्रतिबन्ध लाग्ने उल्लेख छ ।
तर अल्मुताईरले महासंघको यो नियर्णको विरोध गरेका छन् । उनले महासंघद्वारा आफू अन्यायमा परेको प्रतिक्रियका दिएका छन् । महासंघले व्यक्तिगत कारण देखउँदै आफूमाथि प्रतिबन्ध हुन सक्ने बताए । साथै, उनले महासंघलाई नेपाल फाइनल पुगेको नतीजा मन नपरेको पनि हुन सक्ने आरोप लगाएका थिए । तर, उनले आफू मैदानबाहिर साधारण व्यक्ति भए पनि मैदानमा नेपालको प्रशिक्षक भएकोले यो प्रतिबन्धन अल्मुताईरीलाई नभई नेपाली फुटबलमाथि गरेको कारवाही रहेको धारणा व्यक्त गरे ।
यता भारत पनि उनको मुख्य प्रशिक्षक इगोर स्टिमाचविना नै मैदान उत्रने छ । उनले माल्दिभ्सविरुद्धको खेलमा दुई पहेंलो कार्डसहित रातो कार्ड खाएर मैदान छोडेका थिए । उनकोे प्रतिबन्ध भने अपेक्षाकृत नै थियो । अन्तिम खेलमा रातो कार्ड खाएसँगै फाइनल गुमाउने पक्का थियो । सायद, फुटबल इतिहासमा नै यो पहिलो पटक होला दुवै टिमका मुख्य प्रशिक्षकविना नै फाइनलका लागि खेलाडीहरू मैदान उत्रने छन् । तर जे होस् महासंघको पछिल्लो पटक गरेको निर्णयले निष्पक्षतामाथि प्रश्न चिह्न खडा गरेको छ । महासंघको आफ्नो अनुकूलता अनुसार नियम राख्दा यसको विश्वशनीयता घट्ने निश्चित छ ।
साफले यसरी कुनै व्यक्ति विशेषलाई आफ्नो निशानामा राख्दा नेपालको फुटबलमा चुनौती त थपिन्छ नै योसँगै समग्र दक्षिण एसियाका राष्ट्रलाई हेर्ने नजरियामा पनि समस्या आउने पक्का छ ।
प्रतिक्रिया