समाचार

बारामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ घाइते


काठमाडौँ – बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी साधन दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सर्राफको उपचारका लागि अस्पताल लैजाने क्रममा र कारमा सवार दुई जनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई ठक्कर दिएको थियो ।

यस्तै‚ निजगढ नगरपालिका–११ मा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन्। तीन जना सवार प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका- २७ का २४ वर्षीय सोवितलाल यादवको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार दुई जनाको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ।