काठमाडौँ – साफ च्याम्पियनसीपको १३ औं संस्करणको उपाधिका लागि आज नेपाल र भारतबीच फाइनल भिडन्त हुँदैछ । नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारत ७ पटकको उपाधि विजेता हो ।
समूह चरणमा आ(आफ्ना अन्तिम खेलबाट नेपाल र भारतले फाइनलमा स्थान सुरक्षित गरेका थिए । पहिलो दुई खेल बराबरीमा रोकिएको भारतले पछिल्लो दुई खेलमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले भने पहिलो दुई खेल जिते पनि तेस्रो खेलमा भारतसित पराजय व्यहोरेको थियो ।
अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेपछि नेपाल इतिहास रच्दै फाइनलमा पुगेको छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आज नेपाली समयअनुसार राति ८स्४५ मा फाइनल भिडन्त हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम हो । यद्यपि, फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको फाइनलपछि नेपाली टिम छोड्ने घोषणा गरिसकेका छन् । त्यसैले उनी आफ्नो बिदाई म्याचलाई स्मरणीय बनाउन चाहन्छन् । उनले नेपाललाई कस्तो रणनीतिमा उतार्छन् भन्ने चासो छ ।
प्रतिक्रिया