खेलकुद

माल्दिभ्समा नेपाली फुटबल टोलीको दशैं टीका


काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने क्रममा माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय टोलीले दशैंको टीका लगाएको छ ।

भारतविरुद्ध आइतवार हुने फाइनलअघि शुक्रबार विजया दशमीका अवसरमा टोलीका प्रशिक्षक र खेलाडीहरूले टीका लगाएका छन् । विजया दशमीको टीकालाई जितको प्रतीक मानिन्छ । पहिलो पटक साफ फुटबलको उपाधि जित्ने योजनासहित अहिले नेपाली टोली तयारीमा छ ।

विश्वभरका नेपालीले झैँ राष्ट्रिय फुटबल टोलीका सदस्यले पनि दसैंको टीका लगाएका हुन् । त्यसक्रममा नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दशैंको टीका लगाएका हुन् ।