राजनीति

राष्ट्रपतिद्वारा भण्डारीद्वारा टीका ग्रहण


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको पावन अवसरमा टीका ग्रहण गरेकी छन् । भण्डारीले शीतल निवासमा शुभसाइतमा दशैंको टीका लगाएकी हुन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमा मिथिला पाण्डेबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।

पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई टीका लगाइदिने कार्यक्रम छैन । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।