राजनीति

प्रधानमन्त्री देउवाले लगाए दशैंको टीका


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको टीका लगाएका छन् । विजया दशमीका दिन बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् ।

श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।