राजनीति

दशैं नेपालीको जीवनपद्धतिसँग जोडिएको पर्व : राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बडाद २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।

बडादशैंले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रहसमेत गरेकी छन्।