समाचार

महानवमीमा मात्र किन खुला हुन्छ तलेजु भवानी मन्दिर ?


काठमाडौँ – असोज महिनाको शुक्ल प्रतिपदा देखि नवमी अर्थात नवरात्रभर विभिन्न देवीदवताको आराधना गरी मनाइन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गर्ने धार्मिक विधि रहि आएको छ । यसैक्रममा वर्षमा एक पटक आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला खुला हुने बसन्तपुरको तलेजु भवानी मन्दिरमा आज विहानैदेखि दर्शनार्थीहरुको घुइँचो लाग्यो ।

बडादशंैका अवसरमा देशैभरका शक्तिपिठहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ। राष्ट्रपति देखि ठुला व्यक्तिहरु समेत विभिन्न शतिmपिठहरुको दर्शन गरी पुजा आराधना गर्ने क्रम जारी छ । यसैक्रममा वर्षमा एक पटक आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला खुला हुने बसन्तपुरको तलेजु भवानी मन्दिरमा दर्शनार्थीहरुको विहानैदेखि घुइँचो रह्यो । प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्दछन। उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न भतmजनहरु आएका थिए ।

गत वर्ष कोरोनाका कारण खुला नगरिएको तलेजु भवानी मन्दिर यो वर्ष भने सुरक्षा मापदण्ड अपनाउँदै दर्शनका लागि खुला गरिएको हो । गत साल कोरोनाका कारण बन्द रहेको मन्दिरको दर्शन गर्न पाउँदा दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन । वर्ष दिनमा एकपटक मात्र खुल्ने भएकाले आफ्नो धार्मिक आस्था पुरा गर्न भएपनि तजेलु भवानीको दर्शनमा भतmजनहरु आउने गर्दछन ।

विसं १६२० मा महिन्द्र मल्लले ४० वर्ष लामो समय लगाएर निर्माण गरेको तलेजु मन्दिरको धार्मिक तथा साँस्कृतिक महत्व अझ रोचक छ ।

तजेलु मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती समेत इतिहासमा उल्लेख छ । भक्तजनहरुको सहजताका लागिनेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, नेपाल स्काउट आदिले लाइनदेखि अन्य व्यवस्थापन गरेका छन् । कोरोनाका कारण विगतको तुलनामा भक्तजनहरुको कम घुइँचो रहेको कार्यक्रम व्यवस्थापकहरु बताउँछन ।