राजनीति

राजनीतिक किचलोले अन्तराष्ट्रिय सम्बन्ध लथालिङ्ग (भिडियोसहित)


काठमाडौँ – दलहरु आन्तरिक राजनीतिक किचलोमा व्यस्त रहँदा मुलुकको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिक क्षेत्र पछिल्लो समय झन शिथिल बन्दै गएको छ । भू–राजनीतिक दृष्टिकोणले जटिल स्थानमा रहेको नेपालको परराष्ट्र मामिला लथालिङग् बनेकोमा विज्ञहरुले चिन्ता जनाउने गरेका छन् ।

हरेक सार्वभौम र स्वतन्त्र मुलुकको परराष्ट्र नीति सञ्चालनमा राजनीतिक नेतृत्वको अहम भुमिका रहन्छ । नेतृत्वले परराष्ट्र नीतिको निर्माण र कार्यन्वयनद्धारा मुलुकहरुबीचको सम्बन्ध विस्तार तथा सुधारमा आमूल परिवर्तन गर्न सक्छन् । मुलुकको राष्ट्रियहितलाई मजवुद र सवल बनाउने जिम्मेवारी पनि राजनीतिक नेतृत्वमा नै निहित रहन्छ । तर नेपालको सन्दर्भमा यी पक्षहरु ओझेलमा परेका छन । देश र नागरिकको चिन्ता भन्दा पनि राजनीतिक नेतृत्व आफ्नो दलगत तथा पदिय स्वार्थमा नै लिप्त छ । त्यसको प्रत्यक्ष असर मुलुकको विदेश नीतिमा समेत परेको छ ।

पछिल्लो समय मुलुकको विदेश नीति र छिमेकी मुलुकहरुसँगको विग्रदो सम्बन्ध प्रति कुटनीतिक क्षेत्रमा मात्र बहसको विषय नभई राष्ट्रिय चासोको विषय बन्न थालेको छ । सत्तारुढ दल सहित सबै राजनीतिक दलहरुमाथि विदेश नीतिबारे प्रश्न उठ्न थालेको छ । दशैको अवसरमा शुभकामना सन्देश व्यतmगर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय सुरक्षामा चुनौती बढेको बताएका छन ।

लिपुलेक लिम्पियधुरा लगायतका क्षेत्र समेटिएर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारत रुष्ट बनेको छ । यसतर्फ कुटनीतिक कौशलतामा नेपालको पहल खासै प्रभावकारी देखिँदैन । नेकपा फुटलाई जोगाउन ठुलै कसरत गरेको चीनले पनि नेपालीको आन्तरिक राजनीतिप्रति चासो व्यतm गर्दै आएको छ । सत्ताको वागडोर सम्हाली रहेको देउवा सरकारले पछिल्लो समय भारतसँगै अन्य अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिनिधित्वतर्फ प्रयास थालेको देखिन्छ ।

भारतसँग संवादको प्रयास थालेको छ । भर्खरै भारत भ्रमण सकाएर फर्किएका सत्तारुढदल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई सम्वाद र कुटनीतिकरुपमा समाधान गर्न तर्फ जोड दिएका छन । भ्रमणका क्रममा व्यापार घाटा, महाकाली तुइन प्रकरण, कोभिशील्ड खोप सप्लाई लगायतका विषयमा छलफल भएको बताएका छन् ।

मुलुकको प्रतिनिधित्व कतिको प्रभावकारी बन्यो त्यो आफ्नो ठाउँमा छ । तर परराष्ट्रमन्त्री नारायण खड्कले संयुतm राष्ट्रसंघका महासभा, असलग्न मुलुकहरुसँगको छलफलमा सहभागीता जनाएर मुलुक फर्कि सकेको छन । यसले नेपालको पछिल्लो अवस्थाबारे पक्कै केहि सन्देश दिएकै छ । तथापी नेपालको विकास र समृद्धिको यात्रामा अन्तराष्ट्रिय सहयोग अपरिहार्य छ । सबै मुलुकसँगको सहयोग र सहकार्यका लागि मात्र नभई मुलुकको राष्ट्रिय स्वाधिनतालाई बचाई राख्न पनि दलहरुले साझ विदेश नीति बनाउन आवश्यक छ । यसतर्फ समयमा नै सबैको ध्यानकर्षण हुन जरुरी छ ।