राजनीति

रुबी खानलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

प्रहरीले फर्जी आरोप लगाइएर फसाउन खोजेको जिकिर


काठमाडौँ – सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौँ आइपुगेको थियो । तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पु¥याएर फर्जी आरोप लगाएको बताइन्छ ।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सह–रजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ ।