राजनीति

सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा लेनदेन भैरहेको एमाले अध्यक्ष ओलीको आरोप


काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाउनुभएको छ । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

गृहजिल्ला झापामा आयोजित दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले अहिले आएर सरकार परिवर्तन पनि बार्टर सिस्टममा भएको पुष्टि भएको बताउनुभयो । ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सचेत गराउने कामना गर्नुभयो ।