काठमाडौँ – जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् ।
जापानमा आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । जापानी अधिकारीहरूले बिहीबार बसेको संसदको बैठक लगत्तै उक्त जानकारी दिएका हुन् ।
सत्तारूढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए । किशिदाले जापानको प्रधानमन्त्रीमा नियुक्त भएको दिन अर्थात अक्टोबर ४ मा तुरून्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए ।
प्रतिक्रिया