राजनीति

लोकतन्त्र धारापमा परेको नेता पौडेलको भनाई


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई विसंगति मुक्त बनाउन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने बताउनुभएको छ । दशैंका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले नेपालीहरुको महान् पर्वका अवसरमा कांग्रेस र देशलाई लोकतान्त्रिककरण गर्ने संकल्प सबैले गर्नुपर्ने बताउनुभयो ।

पर्वहरुको शुभकामनासँगै कांग्रेसको १४ औं महाधिवेशन लक्षित भिडियो सन्देशमार्फत पौडेलले कांग्रेस नेतृत्वको व्यवहार, आचारण र शैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । पौडेलले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन समेत आग्रह गर्नुभएको छ ।