राजनीति

गणतन्त्रका सारथीबाटै राजसँस्थाको ओकालत, हैसिए राजावादी (भिडियोसहित)


काठमाडौँ – कटट्र कम्युनिष्ट नेताहरुले नै राजतन्त्र आवश्यकताको महशुस गरेर बोल्न थालेपछि यतिबेला राजावादीहरुलाई थप बल पुगेको छ । पछिल्लो समय आफैले संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति नै राजनीतिक दलहरुमा वितृष्णा बढ्न थालेपछि राजावादी हौसिन थालेका छन् ।

नेपालमा राजसंस्था अन्त्य भएर मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा गएको करिब डेढ दशक वित्यो ।राजतन्त्रतन्त्रलाई लिएर अहिले पनि बेलाबेला यो विषयले तरङग ल्याउँने गरेको छ । कट्टर कम्यूनिष्टहरुले नै बेलाबेला राजतन्त्रको वकालत गर्न थालेपछि राजावादीहरुलाई थप बल मिलेको छ । त्यसैले त पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बढदै गरेको वेथिति, बैदेशिक हष्तक्षेपका विरुद्धमा दशैको शुभकामनालाई सारथि बनाएर व्यवस्था र राजनीतिक दलप्रति असन्तुष्टि जनाउँदै जनताप्रति सहानुभूति देखाएका छन् ।

हुन त पूर्व राजा शाह राजा ज्ञानेन्द्र फेरि पनि राजतन्त्र फर्काएर निकाश दिने अवस्थामा पनि देखिदैनन् । तर अहिले आएर पूर्व राजाका विषयलाई लिएर गणतन्त्र स्थापनाका लागि लडेका योद्धाहरु नै नयाँ ढंगको राजा खोज्न मात्रै थालेका छैनन् । आफैले लडेर ल्याएको व्यवस्थाप्रति राजनीतिक दलहरु विश्वस्त देखिँदैनन् । त्यसैले त बारम्बार राजनीतिक दलहरु आफैले मिल्काएको व्यवस्थालाई उठाउने गरेका छन् भने पछिल्लो समय नेपाली राजनीतिक दलका नेताहरुलेप्रजातन्त्रमाथि नै खतरा महशुस गरिरहेका छन् । र बेलाबेला राजतन्त्रका विषयमा उनीहरुका विभिन्न टिकाटिप्पणी तरङ्का साथ संचारमाध्यममा छाउने गरेका छन् ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि केही दिन अघि एक सार्वजनिक मञ्चमा त्यस्तै खालको सार बताउने प्रजातान्त्रान्त्रीक विषयमा अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको यो टिप्पणी सुन्दा अझै पनि आफैले संघर्ष ल्याएको व्यवस्थाप्रति किन शंका भन्ने प्रश्न खडा भएको छ । जो नेतृत्वमा पुग्छन उसले प्रजातन्त्रको खतरा महशुस गरेकै हुन्छन् । यसअघिका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रजातन्त्रमाथि खतराको महशुस गरेका थिए ।

त्यसोत, राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापनाको आधार ६२–६३ को जनआन्दोलनमा सहभागी राजनीतिक दलहरुमध्ये मुख्य घटक थियोतत्कालीन नेकपा– माओवादी । जतिबेला मोहन वैद्य माओवादीका प्रभावशाली नेता थिए र गणतन्त्र ल्याउनमा उनको पनि महत्वपूर्ण योगदान छ । तर उनलाई पछिल्लो समय गणतन्त्रप्रति नैराश्यता छाएको छ भने राजतन्त्रप्रति मोह पलाएको छ ।

वैद्य मात्रै होइन नेमकिपा र वैकल्पिक राजनीतिको रुपमा उदाएका रवीन्द्र मिश्रले पनि केही दिन अघि गणतन्त्रप्रति नै वितृष्णा पोख्दा पोख्न थालेका छन् । गणतन्त्रबादीहरुले नै राजतन्त्र फर्काउनुपर्छ भनेर सार्वजनिक बहस र ओकालत गर्न थालेपछि त राजावादीहरु दंग परेका छन् । संवैधानिक राजतन्त्रको पक्षमा बिशेष गरी ओकालत गर्दै आएको राप्रपा र स्वयम पूर्व राजालाई भने यसले थप बल पुगेको छ ।

त्यसोत कुर्सी र पदका लागि नेताहरुले गरेको क्रियाकलापबाट सर्वसाधारण जनताहरु वाक्क दिक्क बनेका छन् । तर लाखौं जनता सडकमा उत्रिएर जीवन बलिदान दिएर ल्याएको लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुनै सक्दैन । हिजो आफूलाई खाँटी गणतन्त्रवादी भन्नेले अहिले आएर राजतन्त्रको पक्षमा ओकालत गर्नुलाई कतिपय विश्लेषकहरुले मूर्खता को संज्ञा दिएका छन् । राजनीतिक दल र नेतृत्वले संघियताको भ्रमलाई चिर्न नसकेको र लोकतन्त्र सुदृढ गर्न नसकेको कारणव्यवस्थामा समस्या देखिएको कतिपय विश्लेषकहरुको बुझाइ छ ।

राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउँन राजनीतिक दल र तिनका कार्यकर्ता मात्रै होइन सर्वसाधारण जनताले पनि ठूलो संघर्ष र त्याग गरेका छन् । यसक्रममा आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै वर्तमान व्यवस्थालाई परिस्किृत गर्दै देश विकासमा आगामी समय देश विकासमा व्यतित गर्नु नै सबैका लागि उचित हुन सक्छ । तर गणतन्त्र ल्याउँन भूमिका खेलेका राजनीतिक दलहरुले नै राजतन्त्रको वकालत गर्न थालेपछि गणतन्त्र नै धरापमा पर्ने त होइन भन्ने आंशका उब्जिएको छ भने यता राजावादीहरु यही आधारलाई टेकेरसल्बलाउन थालेका छन् ।