समाचार

थोलेदेम्बा शेर्पा किदुकको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नाम्गेल


काठमाडौँ – थोलेदेम्बा शेर्पा किदुकको अध्यक्षमा नाम्गेल शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । राजधानीमा बुधबार भएको तेस्रो अधिवेशनबाट शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

ओखलढुंगा प्रदेशसभा (क) संसद् अम्बीरबाबु गुरुङको प्रमुख अतिथ्यतमा बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट नाम्गेल शेर्पाको अध्यक्षतमा १९ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा ल्हमाछेकी शेर्पा,ओङड् शेर्पा, तेन्जीङ शेर्पा,सचिवमा शेर जाङबु शेर्पा, सहसचिव फुर्वा याङजी शेर्पा,कोषाध्यक्षमा सोनाम, सहकोषाध्यक्षमा छिरिङ शेर्पा शेर्पा निर्वाचित हुनुभएको छ ।

संस्थाका निर्वतमान अध्यक्ष डेण्डी शेर्पाले संस्था स्थापना भएको ७ वर्षको अवधीमा गाउँको भाषा, सस्कृती र परम्परालाई समेत जोगाउन र युवा पुस्तालाई पनि थप जिम्मेवार बनाउन केही हदसम्म भए पनि सफल र एक प्रकारको सन्तुष्टी समेत मिलेको बताउनुभयो ।

थोलेदेम्बा किदुक २०७० सालमा स्थापना भएको हो । पेषा, व्यवसाय वा अध्ययनका लागि ओखलढुङ्गा जिल्लादेखि काठमाडौँमा बसोवास रहेका शेर्पा समुदायलाई एकतृत गर्ने र एक अर्कामा सहयोग गर्ने पवित्र भावना लिएर यो संस्था गठन भएको संस्थाका कोषाध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।

संस्थाको संस्थापक सदस्य,आजिवन, केन्द्रिय सल्लाहकार तथा पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट संस्थाको कार्यप्रगति प्रतिवेदन, कोष प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरु सर्वसम्वतले पारित गरेको छ । सोही अवसरमा थोलेदेम्बा शेर्पा किदुलाई सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।