समाचार

सवारी दुर्घटनाका घाइतेको सरकारले निः शुल्क उपचार गर्ने


काठमाडौँ – सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने भएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सवारी दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।