राजनीति

राष्ट्रपति भण्डारीद्वारा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूको दर्शन


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । बडादसैँको आठौं दिन आज महाअष्टमीको दिन पारेर राष्ट्रपति भण्डारीले विभिन्न शक्तिपीठहरूको दर्शन गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्नु भएको हो ।