राजनीति

संसद् चलाउन एमालेसँग छलफलका लागि सभामुख सापकोटा तयार


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन एमालेसँग छलफलको लागि तयार रहेको बताउनु भएको छ । उहाँले संसद चलाउन संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको बताउनुभयो । उहाँले संसद पुनस्र्थापना गर्न लागिपरे जस्तै संसद सुचारु गराउन पनि संसदहरुले पहल गर्नुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताउनुभयो ।