विदेश

बेलायतले कोभिड नियन्त्रण गर्न चालेका कदम असफल, समयमै लकडाउन नहुँदा धेरै मानवीय क्षति


काठमाडौँ – बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ । महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा दाबी गरिएको छ । अन्तरपार्टी सांसदहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सरकारले खोप अभियान भने प्रभावकारी रुपमा सन्चालन गरेको उल्लेख छ । बेलायतमा कोरोनाले १ लख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ ।