राजनीति

सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ : प्रकाशशरण महत


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको बताउनुभएको हो ।

महतले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताउनुभयो । महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निस्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताउनुभयो ।

सह महामन्त्री महतले नेपाली काँग्रेसलाई भारतीय जनता पार्टीले उच्च महत्व र प्राथमिकता दिएको बताउनुभयो ।