देश

विदेशबाट स्वदेश र शहरबाट गाउँ फर्कनेको लर्काे


काठमाडौँ – महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट मानिसहरु गाउँ फर्किएका छन् । काठमाडौँ उपत्यकामा आज चहलपहल न्यून रहेको छ । केही दिनयता काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको थियो । काठमाडौंमा मानिसको चाप घटेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसै गरी दशैं मनाउनकै लागि विदेशबाट स्वदेश फर्कनेको संख्या पनि उल्लेख्य रहेको छ । अन्य देशबाट फर्कनेको संख्यामा सामान्य वृद्धि भएपनि भारतबाट नेपाल फर्किनेहरूको भने लर्को नै लागेको छ । दशैंलाई पारिवारिक जमघटको पर्वको रुपमा मनाइने हुँदा पनि परदेशमा हुनेहरु स्वदेश र अध्ययन, रोजगारका लागि काठमाडौँलगायत देशका विभिन्न जिल्लामा बसोबास गर्दै अएकाहरु गृह जिल्ला फर्कने गछन् ।