काठमाडाैँ – मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै र ८ जनाको उद्वारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्याइएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्नसक्ने प्रहरीले जनाएको छ
त्यस्तै मंगलबार नै काठमाडौंबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना हुँदा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन् । जसमध्ये तीनको अवस्था गम्भीर रहेको छ । यसैगरी सोमबार कास्कीमा पनि दुर्घटनामा परि आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया