समाचार

दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सडक दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था सरकारले प्रतिवद्धता जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले दुर्घटनाका समाचारले आफू स्तब्ध भएको भन्दै मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण र शोकमा परेका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सडक दुर्घटना कम गर्न सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि आह्वान गर्नुभएको छ ।