राजनीति

पौडल गुटमा सुजताको विद्रोह : महाधिवेशनमा कस्तो असर पर्ला ? (भिडियोसहित)



काडमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया जारी छ । कांग्रेसभित्रको गुटगत मतभेद र विवादकै बीच नगर अधिवेशन लगभग सम्पन्न भइसकेको छ । केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुनेमा भने अझै द्धविधा छ । मन्त्रीपरिषद विस्तार पछि काँग्रेसमा संस्थापन र पौडेलक्षबीच विवाद बढेकोले यसको असर महाधिवेशनमा देखा पर्ने त होइन भन्ने चिन्ता बढेको छ ।

सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षको गुटगत रस्साकस्सीले नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनको रौनक थप तातेको छ । सिटौला पक्ष भने केहि मौन बसेको देखिन्छ ।१४ औं महाधिवेशनबाट सभापति देउवालाई जसरी पनि नेतृत्वबाट पत्तासाफ गर्ने रणनीतिमा पौडेल पक्षछ । पौडेल पक्षबाट पौडेलसँगै प्रकाशमान सिंह,सशांक कोइराला, शेखर कोइरालालगायत सभापतिका आकाक्षी छन् । महाधिवेशन सुरु हुनु अगावै साझा उम्मेदवारी तय गर्न छलफलमा जुटेका पौडेल पक्षले अझै आफ्नो पक्षबाट सभापतिको उम्मेदवारमा सहमति जुटाउन सकेको छैन ।

गठबन्धनको २५ सदस्यीय नयाँ मन्त्रीमण्डल सार्वजनिक भएसँगै नेतृ सुजता कोइरालाको विद्राही शैलीले पौडेल पक्ष थप तनावमा छ । परराष्ट्र र रक्षा जस्ता मन्त्रालयको दावी गरिरहेकी कोइराला विस्तार भएको मन्त्रिपरिषद्मा परिनन् ।अझ भनौ पौडेल र शशांकको प्राथामिकतामा मिनेन्द्र रिजाल परे । गुट नै परिवर्तन गर्ने चर्चा चलिरहेका बेला कोइरालाले वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सभापति नजित्ने दाबी गर्न थालेकी छिन् ।

यसअघि पौडेल पक्षमा नै रहेर सभापतिकै पद दावी गरिरहेकी सुजता कोइरालाले नवगठित मन्त्रीपरिषदमा नेताहरुले आफ्नो नाम छुटाएपछि नेतृत्वसंग खुलेरै असन्तुष्टि जाहेरमात्र गरी रहेकी छैनन् उनीहरुलाई साथ नदिने घोषणा नै गरेकि छन् ।कोइराला देउवा वा सिटौला गुटमा सामेल हुने चर्चा पनि राजनीतिक वृत्तमा सुरु भएको छ । सुजताको यो कदमले पौडेल पक्षमा वा कांग्रेसको महाधिवशेनमा नै कस्तो असर गर्छ भन्ने आशंका धेरैको मनमा उब्जिएको छ । तर सुजता आफै संगठनिक व्यतिmत्व नभएकाले उनले गुट परिवर्तन गर्दैमा महाधिवेशनमा तात्वीक प्रभाव नपर्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।


नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी सज्ञंस्था, सात दशक लामो इतिहास मात्र होइन नेपालको ठूला प्रजातान्त्रिक आन्दोलनको बागडोर समेत सम्हालेको नेपाली कांग्रेस विगत केहि वर्ष यता गुटगत राजनीतिको चपेटामा परेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेतृत्व चयनमा देखिदै आएको छ । आगामी महाधिवेशनले सवल र सक्षम कांग्रेस बनाउने नेतृत्वको खोजी गर्न सक्छ वा सक्दैन यस्ले काँग्रेसको आगामी यात्रा तय गर्ने निश्चित छ ।