काठमाडौँ – खुम्बु पासाङल्हामु गाउँपालिका–३ चौरिखर्कमा ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा भएको तालिममा खुम्बु पासाङल्हामु गाउँपालिका–३ का वडाध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तालिममा शेर्पा र अन्य समुदायका गरी ८५ युवाको सहभागिता रहेको थियो ।
समुदायमा बोल्ने सिप विकास गर्न तथा दक्ष उद्घोषक उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाका महासचिव तथा कार्यक्रम संयोजक पेम्बा शेर्पा जानकारी दिनुभयो । कार्यक्रम संयोजक शेर्पाले तालिमले बोल्ने सीप प्रदान गरेको र थप आत्मविश्वास बढेको बताउनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शेर्पाले उद्घोषण तालिम जीवन उपयोगी सीप भएको र समय सान्र्दभिक भएको भन्दै युवाको लागि यस्तो तालिम जरुरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा वडाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिमका सहजकर्ता शरद श्रेष्ठले चासो र उत्साहका कारण छोटो अवधिमै विद्यार्थीले धेरै कुरा सिकेको दाबी गर्नुभयो । उहाँले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सके तालिम फलदायी हुने बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थीले तालिमले अगाडि उभिएर बोल्ने डर हटेको र बोल्ने कलामा धेरै कुराको ज्ञान प्राप्त गरेको भन्दै तालिम प्रभावकारी भएको बताए । आगामी दिनमा अझै लामो समयको तालिम आयोजना गर्ने व्यवस्था मिलाउन सहभागीले सुझाव दिए ।
कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिका – ३ ले शेर्पा इभेन्टका महासचिव तथा कार्यक्रम संयोजक पेम्बा शेर्पालाई धन्यवाद व्यक्त गर्दै सम्मान समेत गरेको छ । महासचिव तथा कार्यक्रम संयोजक शेर्पाले उद्घोषण क्षेत्रमा शेर्पा समुदायको सहभागीता अझ कम रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।
उद्घोषण तालिमले शेर्पा समुदायको बसोबास रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा आयोजना हुने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक उद्घोषक उत्पादन र यस क्षेत्रको विकासको कार्यमा संरक्षण तथा प्रवर्दन कार्यमा टेवा पुग्ने बताउनुभयो ।
प्रतिक्रिया