प्रवास

तालिवान र अमेरिकी प्रतिनिधिबीच कतारमा वार्ता, अफगानिस्तानलाई मानविय सहायता गर्न अमेरिका तयार


काठमाडौँ – तालिवानले अफगानिस्तान कब्जामा लिएपछि अमेरिकाले पहिलो पटक वार्ता गरेको छ । वार्तामा अमेरिकाले अफगानिस्तानलाई मानविय सहायता गर्ने सहमति जनाएको तालिवानले दावी गरेको छ । गत अगस्टमा अफगानिस्तानमा तालिवानीले कब्जामा लिएपछि पहिलो पटक भएको वार्तामा अमेरिकाले अफगानिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

दुई दिनदेखि कतारको दोहामा तालिवानका प्रतिनिधि र अमेरिकी अधिकारीहरू वार्तामा छन् । वार्तामा अफगानिस्तान नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको तालिवानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । तर, तालिवानी सरकारलाई मान्यता दिन भने अमेरिकाले अस्वीकार गरेको छ ।