काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बरको ‘प्लेयर अफ दी मन्थ’ घोषित भएका छन् । कुनै पनि नेपाली खेलाडी आईसीसीको प्लेयर अफ दी मन्थ बनेको यो नै पहिलोपटक हो । आईसीसीले असोज १० गते जारी गरेको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रा पनि मनोनयनमा परेका थिए ।
सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेलेका थिए । ओमान भ्रमणमा ७।३८ को इकोनेमीमा बलिङ गर्दै सन्दीपले १८ विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको खेलमा ६/११ को आँकडामा बलिङ गरेका सन्दीपले विश्व क्रिकेटको ध्यान फेरि एक पटक आफूतिर खिचेका थिए ।
प्रतिक्रिया