राजनीति

एमालेको अवरोधकाबीच प्रतिनिधिसभा र राष्ट्रियसभाबाट रेल्वे विधेयक फिर्ता

मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमबारकोे प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–०७८ को पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।