कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए २९५ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घन्टामा मुलुकभर थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या १२ जना रहेको छ ।