काठमाडौँ – दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार नेप्से २३ दशमलव १९ अंकले घटेर २ हजार ६३९ विन्दुमा झरेको छ । सोमबार समूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटेका छन् ।
दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारदेखि ५ दिन दशैं बिदाका कारण बजार बन्द हुनेछ ।
प्रतिक्रिया