राजनीति

प्रधानमन्त्री देउवालाई उद्योग मन्त्रालय सम्हाल्ने जिम्मेवारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिनुभएको छ ।

उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार मन्त्री पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई दिनुभएको हो । प्रधानन्यायाधीशको कोटाबाट हमाल मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिनुभएको हो।