राजनीति

२ महिनापछि अफगानिस्तानका विद्यालय खुले


काठमाडौँ – तालिवानले सत्ता कब्जा गरेपछि बन्द रहेका अफगानिस्तानका बिद्यालयहरु दुई महिना पछी खुलेका छन् । हाल अफगानिस्तानको कुन्दुज, बल्ख, र सर ए पुल प्रान्त गरी तीन वटा प्रान्तका बिद्यालयहरु खुलेका छने भने बाँकी स्थानमा पनि विद्यालयहरु खुलाउने तयारी थालिएको छ ।
२ महिनासम्म बन्द भएको बिद्यालय खुलेपछी बिद्यार्थीहरुमा भने खुशियाली छाएको छ । तालिवानले नयाँ शिक्षा निती परिवर्तन गर्दै पुरुष र महिला बिद्यार्थीका लागि छुट्टै बिद्यालय र सोही अनुसार शिक्षक शिक्षिकाले अध्यापन गर्नुपर्ने नियम लागु गरेतापनि बिद्यालयहरुमा सो नियम पालना गरेका छैनन् ।