राजनीति

दुवै सदनको बैठक आज बस्दै


काठमाडौँ – संघीय संसद्का दुबै सदनको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
दुबै सदनको बैठक एमालेले अवरुद्ध गर्दै आएको छ । संसद्मा नाराबाजी गर्दै आएको एमालेले प्रधानमन्त्री र सभामुखले बोलाएको छुट्टाछुट्टै सर्वदलीय बैठक समेत बहिस्कार गरेको थियो । आईतबार दिउँसो २ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।