काठमाडौँ – बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ । औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फर्यू जारी गरेको हो ।
त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो । गोली लागेर तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले आइतबार बिहानैदेखि मोतीपुरको मुख्य नाका मगरघाटस्थित पुलमा मान्छे रोक्दै सोधीखोजी गरिरहेको थियो । त्यही क्रममा दिउँसो १ बजेबाट झडप भएको थियो ।
प्रतिक्रिया